फेरि काठमाडौं उपत्यकामा ८ सय ४३ नयाँ संक्रमित थपिए

0
105

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ। आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।

कुखुराको आक्रमणबाट एक प्रहरीको मृत्यु कुखुराको आक्रमणबाट फिलिपिन्समा एक प्रहरीको मृत्यु एजेन्सी । सुन्दा पनि अचम्म लाग्ने घटना, जो फिलिपिन्समा घटेको छ ।फिलिपिन्समा भाले कुखुराको आक्रमणबाट एक प्रहरीको मृत्यु भएको छ । फिलिपिन्सको उत्तरी सामर प्रान्तमा अवैध रुपमा ‘भाले जुधाई’ खेलको आयोजना गरिएको थियो।nप्रहरीले छपा मार्दा त्यहाँ भालेहरु जुधिरहेका थिए। भालेहरु जुधिरहेको स्थानमा प्रहरी पुगेपछि भालेले प्रहरी फेफ्टिनेन्ट क्रिस्टिन बोलोकमाथि आक्रमण गरेको बीबीसीले जनाएको छ।

भालेको खुट्टामा धारिलो ब्लेड जोडिएकाले उक्त ब्लेडले क्रिस्टिन गम्भीर घाइते भएका थिए। तिघ्राको नसामा चोट लाग्दा अत्यधिक रक्तश्राव भएको थियो।nअस्पतालमा लगिए पनि उनको मृत्यु भएको बताइएको छ । कोरोना प्रकोपबीच भाले जुलाई खेलमा प्रतिबन्ध लगाइएको थियो।nयद्यपी अवैध रुपमा भाले जुधाईको आयोजना गरिएको थियो। प्रहरीले हाल भाले जुधाई खेल आयोजना गर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। अबदेखि दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबारदेखि दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अबदेखि सातामा दुई दिन आइतबार र बुधबार मात्रै कोभिड–१९ प्रेस ब्रिफिङ हुने जानकारी दिए । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । तर, बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने र सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने प्रवक्ता गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here