मस्को : रुससँग कोभिड १९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइनेछ । रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको हो । उक्त रसियन कम्पनीले भारतमा पनि ठूलो संख्यामा कोरोनाविरुद्धको खोप पठाउने जनाएको छ । रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताएका थिए । तर पश्चिमी मुलुकका कतिपय विज्ञहरुले रुसले तीव्र रुपमा खोप बनाएको कुरालाई स्वीकार गर्न तत्परता देखाएका छैनन् । उनीहरुले यसको विकासको चरणमाथि नै आशंका गर्दैआएका छन् । २५ प्रतिशत नेपालीमा मुटुको समस्या काठमाडौं : कहिल्यै आराम नगर्ने तपाईंको संवेदनशील अंग मुटु स्वस्थ छ ? छैन भने जीवनशैली सुधार्नुहोस्। मुटु स्वस्थ हुँदा कोरोना संक्रमण भइहाले पनि रोगसँग लड्न सजिलो हुन्छ। मुटु स्वस्थ राख्न र कोरोना संक्रमण हुन नदिन खानपान र जीवनशैली सुधार्नुपर्ने चिकित्सकहरूको सुझाव छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। यसले गर्दा पनि मुटुजन्य समस्या बढिरहेको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ। नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ। २० प्रतिशतलाई कोलेस्टेरोल छ। १० प्रतिशतलाई मधुमेह छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठ मुटु जोगाउँदा कोरोना संक्रमणबाट जुध्न सहज हुने बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे मुटुका बिरामीलाई कोरोना संक्रमणको जोखिम हुने भएकाले मुटु जोगाउनुपर्नेमा जोड दिन्छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये झन्डै ६० प्रतिशतमा मुटुजन्य समस्या पाइएको डा. पाण्डेले बताए। मुटुका बिरामी बढ्नुको मुख्य कारण नै अस्वस्थ जीवनशैली र खानपान हो। प्रतिष्ठानमा महासचिवसमेत रहेका मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन्, ‘९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन्। धेरै नेपालीलाई मानसिक तनाव छ। यसले पनि मुटुरोगीको संख्या बढाइरहेको छ।’