स्कुटीलाई बसले ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

0
153

११ असोज, वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरु तीनै जनाको घटना स्थलमै मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो । ठक्कर दिने बसका चालक हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । हप्तामा दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्‍मा लाने तयारी काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लाने तयारी थालेको छ। आन्तरिक पर्यटन प्रर्वद्धन गर्न मन्त्रालयले यो तयारी थालेको हो। मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन गर्न कार्यदल बनाउने र कार्यदलको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ। पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा शनिबार मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले उक्त प्रस्ताव तयार गर्नका निम्ति मन्त्रालयका सह–सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेका छन्। समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई सहभागी गराएर अध्ययन प्रस्ताव तयार हुनेछ। मन्त्रालयले पर्यटन क्षेत्रलाई उठाउन पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त कार्यक्रम बनाएर जाने तयारी गरेको छ। बैठकमा मन्त्री भट्टराईले राष्ट्रिय गौरवका आयोजना बनाउन मन्त्रालयको तर्फबाट सहजीकरण र मूल्यांकन गर्न सम्बन्धित शाखालाई निर्देशन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here