काठमान्डाैमा थप को’रोनाबाट ५ को मृत्यु

0
60

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ भने ८०९ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ६९८ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार १२३ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार २२५ जनाको आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।हप्तामा दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्‍मा लाने तयारी काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लाने तयारी थालेको छ। आन्तरिक पर्यटन प्रर्वद्धन गर्न मन्त्रालयले यो तयारी थालेको हो। मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन गर्न कार्यदल बनाउने र कार्यदलको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ। पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा शनिबार मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले उक्त प्रस्ताव तयार गर्नका निम्ति मन्त्रालयका सह–सचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदिपकुमार कोइरालाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेका छन्। समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई सहभागी गराएर अध्ययन प्रस्ताव तयार हुनेछ। मन्त्रालयले पर्यटन क्षेत्रलाई उठाउन पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त कार्यक्रम बनाएर जाने तयारी गरेको छ।बैठकमा मन्त्री भट्टराईले राष्ट्रिय गौरवका आयोजना बनाउन मन्त्रालयको तर्फबाट सहजीकरण र मूल्यांकन गर्न सम्बन्धित शाखालाई निर्देशन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here