झण्डै डेढ करोडले हेरिसकेको भिडियोमा यि युवा र युवतीले के गर्दैछन ? हेर्नुहोस भिडियो

0
91

यो घटना हाम्रो छिमेकी भारत मा भएको हो यी दुई जोडिको भिडियो अहिले निकै भाइरल हुदैछ कोहि नभएको बेला युवतिले आफ्नो प्रेमी बोलाएर यस्तै हर्खत गरे पछि भिडियो लिक भएको हो यो भिडियो झण्डै डेढ करोटले हेरिसकेको छ बाकी भिडियो हेर्नू होस । यो पनि रोजगारीका लागि विदेश गएकी नेपाली यु’वतिको विदेशी यु’वक संग म’स्ती गर्दै गर्दाको भि’डियो बा’हिरीएको छ । यो घ’टना खाडी मुलुक क’तारको हो । जहाँ नेपालकी यु’वती रो’जगारीको लागि गएकी हुन्छ्न । भिडियोमा उनी एकजना युवक संग पुर्ण म’स्तिमा हुन्छिन । भि’डियोमा भएकी नेपाली यु’वतिको नाम भने अहिले सम्म खुल्न सकेको छैन ।

उदयरपुरमा वर्षा र पहिरो : ग्रामिण सडक क्षतविच्छेद, ११ घर पहिरोको उच्च जोखिममा उदयपुर : निरन्तरको वर्षाका कारण उदयपुरका ग्रामिण सडकमा ठूलो क्षति पुगेको छ । वर्षा नरोकिँदा सडक छेउका बस्ति समेत पहिरोको उच्च जोखिमा छन् । ग्रामिण सडक कामै नलाग्ने गरी क्षतविच्छेद भएका छन् भने चार गाउँपालिकाको केन्द्र पुग्ने सडक ठाउँ–ठाउँमा भत्किँदा पालिका विच्छेद् भएका छन् । करोडौँ मुल्य खर्च गरेर बनाएका ती सडक यतिबेला कामै नलाग्ने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । सदरमुकाम गाईघाटदेखि गाउँपालिकाका वडाबाट केन्द्रसम्म पुग्ने रौतामाई, ताप्लि, उदयपुरगढी र लिम्चुङ्गबुङ्ग गाउँपालिकाका अधिकांश सडक अवरुद्ध भएको स्थानीयले बताए । सडक हिलाम्ये र पहिरोले बगाएपछि स्थानीयलाई पैदलयात्रा गर्न समेत कठिन भएको ताप्लि गाउँपालिका ३ का सुमन मगर बताउँछन् । सामान्य वर्षाकै कारण अवरुद्ध हुने यी सडक लगातारको वर्षाका कारण कामै नलाग्ने गरी भत्किएको उनले बताए ।सडक भत्किएसँगै ग्रामिण भेगमा खाद्यान्नको ढुवानी गर्दै आएका ट्याक्टर, बोलेरोलगायतका सवारी साधन ठप्प छन् । ढुवानीका साधन ठप्प हुँदा ग्रामिण भेगमा खाद्यान्नलगायतका सामग्रीको अभाव हुँदै जान थालेको छ । सदरमुकामलगायतका ठाउँमा नियमित आउजाउ गर्दै आएका सर्वसाधरण घरबाट निस्कन पाएका छैनन् । ताप्लि गाँउपालिका ५ का शेरजङ्ग ठकुरी भन्छन्, ‘सदरमुकाम जाने सडकमा ठाउँ-ठाउँमा पहिरो गएर अवरुद्ध भएको छ, गाडी त के मान्छे हिँड्न सक्ने अवस्था समेत छैन्।’दुःखले भएपनि गाडी चढेर सदरमुकाम आउँजाउँ हुन्थ्यो,’ उनले भने, ‘अब त गाडी चल्दैन, हिडने बानी हरायो के गरी झर्नु ।’ उदयपुरको रौतामाई गाउँपालिका हुँदै लिम्चुबुङ्ग सडकको पुवाँरे भन्ज्याङ्ग खण्ड यातायात नचलेपछि सर्वसाधरण दुई दिनसम्म पैदल यात्रा गर्न बाध्छन् भने बिरामीलाई झनै समस्या परेको छ। सडक अवरुद्ध हुँदा स्थानीय यात्रुलाई आउजाउ र सामान ढुवानीमा समस्या हुने गरेको स्थानीय व्यापारी बताउँछन् । ग्रामिण भेगमा व्यापारीले कटारी, गाईघाट र मुर्कुची बजारबाट उपभोग्य सामग्री लाने गरेका छन् । तर, सडक अवरोध भएपछि अत्यावश्यक किराना सामान, दाल, चामल र तेल नुनजस्ता उपभोग्य वस्तु ढुवानी गर्न समस्या पर्ने गरेको छ । गाडी नचलेपछि भरियाबाट सामान ढुवानी गर्नुपर्ने अवस्था सृजना भएको व्यापारी सन्तोष काफ्ले बताउँछन् । उनले भने, ‘भएको सामान सकिसक्यो, ल्याउने सडक छैन्, विकल्पमा भरिया छन् तर ढुवानी खर्च बढि हुन्छ ।’ वर्षाका कारण बलम्ता, जाँते, बारहा, ताम्लिछा, बाँस्बोटे, ओख्ले, रुपाटार, इनामे, ठानागाउँ, लाफागाउँ, डुम्रे, वर्रे, भुट्टार, पोखरी, आँपटार, नामेटारलगायतका ठाउँका ग्रामिण सडक कामै नलाग्ने गरी भत्किएको स्थानीयले बताए। त्यस्तै लिम्चुङ्गबुङ्ग गाउँपालिकाको जाँते–माझखर्क–पुवारे–मुर्कुची, रौतामाई गाउँपालिकादेखि सदरमुकाम आउने भुट्टार–पुवाँरे–मुर्कुची, ताप्लिको रुपाटार–ओख्ले–वेतेनी सडक अवरोध भएको स्थानीयले बताबए ।

लिम्चुङ्गबुङ्गदेखि सदरमुकाम गाईघाट आउने तीन वटा नाकामध्ये जाँते–माझखर्क–पुवाँरे–मुर्कुची, जाँते–लाफागाउँ–रसुवा–साउने–गाईघाट र चनौटे–रसुवा–फोक्सिन्टार–साउने–गाईघाट अहिले अवरुद्ध भएको यातायात व्यवसायी कृष्णकुमार भण्डारीले बताए ।उदयपुरको रौतामाई गाउँपालिका हुँदै लिम्चुबुङ्ग सडकको पुवाँरे भन्ज्याङ्ग खण्ड यी सडकमा मर्मत नगरी तत्काल यातायातका साधन चलाउने अवस्था नरहेको उनले बताए । यो वर्ष समयमै पानी पर्न थालेपछि सडक अवरुद्ध हुने क्रम विगत वर्षभन्दा बढेको छ । यसवर्ष असार सुरुदेखि नै वर्षा सुरु भएकाले पहाडि भेगका प्रायः सबै सडक अवरुद्ध हुदै आएको छ । नियमित मर्मत सम्भारपछि सञ्चालनमा आएका यी क्षेत्रका सडकहरु वर्षा जारी रहेकाले गाउँपालिकालेसमेत बनाउनेतर्फ ध्यान दिएका छैनन् । पानी नरोकिएसम्म सडक मर्मत गर्ने अवस्था नरहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । हचुवाको भरमा सडक सामान्यतया सडक निर्माण गर्दा मापदण्डलाई ध्यान दिनु पर्ने हुन्छ । त्यसको गुरुयोजना, विस्तृत अध्ययनलगायतका काम पुरा पछि त्यसको प्रभाव मुल्याकंन गर्दै सडक बनाउनु पर्नेहुन्छ । तर जिल्लाका कुनै पनि सडकले अहिलेसम्म त्यो मापदण्ड पूरा नगरेको र पालना नगरेको पाइएको छ । हचुवाको भरमा प्रलोभनमा परी सडक निर्माण गरिँदा जोखिम बढेको जानकारहरु बताउँछन् । अधिकांश ग्रामिण सडक सर्भे सम्पन्न गरेर गरिने भन्दा पनि जेसिवीका चालक नै इन्जिनियर बनेर बनाउँदा त्यसले प्रत्यक्षरुपमा वातावरणीय असर पुगेको गैरसरकारी संस्था महासंघका अध्यक्ष सुमन परियार बताउँछन् । आफूखुशी बनाइने सडकमा सुख्खा मौसममा सवारीसाधन चलेपनि वर्षामा सडकको नक्सासमेत नरहने गरी पहिरोले लैजाने गरेको उनको भनाइ छ । परियार भन्छन्,’ ‘विस्तृत योजना निर्माण गरी त्यसको असर र लाभ दुवै हेरेर सडक निर्माण गर्ने हो भने सधैका लागि राम्रो हुनसक्छ ।’ ११ घर जोखिमा घरमाथिको सडकको पहिरो नरोकिएपछि रौतामाई गाउँपालिका ७ डहरखड्काबारी टोलका ११ घरपरिवार जोखिममा रहेका छन् । लगातारको वर्षाका कारण सडकबाट पहिरो जाँदा जोखिम बढेको स्थानीय दुर्गा एसकेले बताए । उनले भने,’पुवाँरे–रानीबास–नामन्ता हुँदै प्रसिद्ध धार्मिकस्थल रौतापोखरी पुग्ने यो सडक भारी वर्षाका कारण क्षतविच्छेद भइ बस्तीतिर प्रवेश गरेको हो । सडकबाट पहिरो बगेपछि घर पुर्न थालेको उनले बताए । अधिकांश अन्नउब्जानी लगाएको खेतबारी, घर, ग्वालीसमेत पुरिसकेको उनले बताए । रातीदेखि पहिरो वगेकाले छिमेकमा गई आफुहरु बसेको उनले बताए । भने, ‘‘कतिबेला पहिरो आउने हो, आधा घर पुरिसकेको छ, थपिनसाथ सबै पुर्छ वा लैजान्छ त्यसैले छिमेकीको सरणमा पुगेका हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here