एकै समयमा २२७ बालबालिकाको सामूहिक बलि दिएकाे खुलासा !

0
131

पेरुमा एकै समयमा २२७ जना बालबालिकाको सामूहिक बलि दिएको तथ्य खुलेको छ। पुरातत्वविद्ले उत्खननका क्रममा २२७ जना बालबालिकाको कंकाल भेटेका थिए। भेटिएका प्रमाणअनुसार यसरी यति ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिले’ जनाएको छ।

नेसनल जियोग्राफिको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब ५५० वर्षअघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा २२७ जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएको बीबीसीले उल्लेख गरेको छ। फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो संख्यामा बलि दिइएको मानव इतिहासमै ठूलो घटनाको रुपमा लिन सकिने बीबीसीमा उल्लेख गरिएको छ। पेरुको राजधानी लिमा भन्दा उत्तर दिसामा रहेको कोस्टल शहर हुवानचाकोमा यस्तो तथ्य फेला परेको जनाइएको छ। पुरातत्वविद्ले एफपी समाचार संस्थालाई दिइएको जानकारी अनुसार भेटिएका कंकालमध्ये धेरै कंकालमा अझै पनि कपाल र छाला रहेको थियो। बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन्। सो अनुसन्धानको लागि नेसनल जियोग्राफि सोसाइटीको आर्थिक सहयोगबाट भएको र अनुसन्धानको नतिजा पनि पहिलो पटक नेशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको समाचारमा जनाइएको छ। यस अनुसन्धानका प्रमुख जोन भेरानोका आफूले यस्तो अपेक्षा नगरेको र अरुले पनि यस्तो होला भनेर नसोचेको बताए। उनले भने, जहाँ खन्छौं त्यही शव भेटिन्छ। सन् २०११ मा पहिलो पटक ३ हजार ५ वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा वान्चाकिटो लास लामास भन्ने ठाउँबाट पहिलो पटक नरबलि दिइएको ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाको अवशेष फेला पारिएको थियो। समाचारका अनुसार यसप्रकार बलि दिइएहरुमा ५ देखि १४ वर्षमुनिका जम्मा २२७ जना बालबालिकाको रहेका छन्। प्रायः बालबालिका ८ देखि १२ वर्षबीचको भएको नेसनल जियोग्राफिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here