भदौं २४ सम्म निषेधाज्ञा थपियाे

0
261

सन्धिखर्क : अर्घाखाँचीमा भाद्र २४ गते राती १२ बजे सम्मका लागि लकडाउनको समय अवधी थपिएको छ । बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी) को बैठकले भदौ २४ गते राती १२ बजेसम्म लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताए । बुधबार राती १२ बजेसम्मको लागि यस अघिनै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राती १२ बजे सम्म लगिएको हो ।

तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना संक्रमित हुन लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको राजनितिक दल र सञ्चारकर्मीसँगको छुट्टाछुट्टै भेटघाटमा लकडाउन थप गर्न मंगलबार सुझाव दिएका थिए । कोरोना संक्रमित दमौलीकी युवतीको शिक्षण अस्पतालमा मृत्यु दमौली : किड्नीको उपचारका लागि काठमाडौं गएकी व्यास २ की एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । सुरुमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि पछि भने उनमा कोरोना संक्रमण देखिएको छ। पारिवारिक श्रोतका अनुसार व्यास २ कालिका मार्गकी युवती यसअघि बाथको औषधि सेवन गर्थिन् । उनका बुवाका अनुसार बिरामी परेपछि उनलाई भाद्र ४ गते काठमाडौंको अल्का अस्पताल लगिएको थियो । अल्काले किड्नी फेल भएको र अवस्था जटिल भएको भन्दै १६ गते बिहान त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो । त्यहीं उपचारका क्रममा बुधबार उनको मृत्यु भएको बताइएको छ । परिवारका अनुसार अघिल्लो दिन लिइएको स्वाबको नतिजा बुधबार बिहान पोजिटिभ आयो भनेर चिकित्सकले जानकारी गराएका थिए । उनको राजधानीमा सेनाले बुधबार नै अन्त्येष्टि गरेको बताइएको छ । आमाको नतिजा नेगेटिभ व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले युवतीको निधनपछि परिवारका तीन सदस्य होम आइसोलेसनमा रहेको बताए। उनका परिवारका अन्य सदस्य पहिल्यै घरबाहिर रहेको समेत उनले जानकारी दिए । ‘उहाँहरु अरुसँग बेग्लै हुनुहुन्छ, ‘उनले भने, ‘अब केही दिनपछि पीसीआर संकलन गछौं ।’ मृतक युवतीका बुवाको कोरोना परीक्षण नभए पनि आमाको भने यसअघि नतिजा नेगेटिभ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here