Sunday, July 12, 2020
Home Blog Page 616

कोरोनाबाट पहिलाेपटक नेपाली महिलाको मृत्यु

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा पहिलाेपटक घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन। कान्तिपुर दैनिकले समाचार लेकाे छ ।

‘उहाँमा पहिलेदेखि नै मुटुको समस्या थियो। तीनदिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्‍नुभएको थियो’, मृतकका नजिकका आफन्त हेमराज भण्डारीले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए।शवलाई प्रहरी आएर लिएर गएको थियो।’ दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो। उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्। आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको जनाएको छ। ‘यो दुःखद् खबर हो। हामीले अनौपचारिक सूचना पाएका छौं। औपचारिक सूचना प्राप्तको लागि सम्बन्धित ठाउँमा चिठी लेखेर पठाएका छौं,’ राजदूत कृष्णप्रसाद ढकालले कान्तिपुरलाई भने। यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। हालसम्म ११ जना पुगेको छ। तीमध्येदुई जनालाई निको भइसकेको छ। यूएईमा सोमबारसम्म २ हजार ७६ जनामा कोरोना संक्रमण देखिएको छ। एकसय ६७ जनालाई निको भइसकेको छ। ११ जनाको मृत्यु भएको छ। यसैबीच सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो। चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो। म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो। छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ। सुदूरपश्चिम प्रदेशमा ४ सहित नेपालमा जम्मा ९ जनामा कोभिड १९ को संक्रमण भेटिएको छ। धनगढीमा दुबईबाट फर्किएका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ।

सीमा, अन्तराष्ट्रीय उडान र आन्तरिक आवतजावत बन्द गरेर भाइरसको संक्रमण फैलन नदिने नीति सरकारले लिएको हो। पछिल्लो समय संक्रमण देखिएको धनगढी र बाग्लुङ क्षेत्रमा सरकारले र्‍यापिड टेस्ट गर्ने पनि निर्णय गरिसकेको छ भने सुदूरपश्चिम प्रदेश सरकारले क्वारेन्टाइनको अवधि बढाएर २१ दिन पुर्‍याएको छ। काेनाबाट देश जाेगाउनका लागि लकडाउन पालना गर्न र घरभित्रै बसेर सहयाेग गर्न सरकारले सबैलाई अनुराेध गरेकाे छ । यस्तै सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए। भारतको मद्रासबाट चार्डट एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि अधिकारी उप निर्देशक बनेका थिए। हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए। डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका हुन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले उनलाई बोर्डको सिइओमा नियुक्त गरेको हो। बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन्। संक्रमण रोक्न रातदिन काम गर्दै सुदुरपश्चिमका स्थानीय सरकार भारतबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदरपश्चिमका स्थानीय सरकारहरूले संक्रमण फैलिन नदिने तीव्रताका साथ काम गरिरहेका छन्। कोरोनासँगको लडाइँमा उनीहरूले दुइटा नीति तय गरेका छन्। पहिलो, संक्रमण फैलन रोक्ने। दोस्रो, उपचारका लागि अस्पताल पुर्‍याउने। स्थानीय सरकारहरूले भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा राखिरहेका छन्। गाउँका विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन्। भारतबाट फर्किएर घरमा बसिरहेका कतिपयको निगरानी स्थानीयस्तरमै मिलाएका छन्। कोरोनाको लक्षण देखापरे तत्कालै स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि नगरपालिका र गाउँपालिकाले स्वास्थ्य चौकीलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेका छन्। त्यस्तै गम्भीर लक्षण देखिएकालाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको व्यवस्था गरेका छन्। केही गाउँपालिकाले भने स्ट्रेचरको जोहो गरेका छन्। कोरोनाविरूद्ध काम गरिरहेका स्थानीय तहका जनप्रतिनिधिले संक्रमण फैलन रोक्नेसँगै लक डाउनले काम गुमाएकालाई राहत पनि बाँडिरहेका छन्। सेतोपाटीले सुदूर पश्चिमका १४ वटा स्थानीय सरकारसँग उनीहरूले गरिरहेको तयारीबारे कुराकानी गरेको छ। कुराकानीको सम्पादित अंश

कर्णबहादुर हमाल, मेयर, कृष्णपुर नगरपालिका कञ्चनपुर हामीले कोभिड-१९ फैलन नदिन नगरपालिकामा ३ वटा हेल्प डेस्क राखेका छौँ। १० बेडको क्वारेन्टिन बनाएका छौं। नगरपालिकामा ६ वटा स्वास्थ्य संस्था छन्। तिनीहरूलाई २४ सै घन्टा सेवा दिन सक्ने अवस्थामा राखेका छौं। नगरपालिकामा ३ वटा एम्बुलेन्स छन्। जसमध्ये एउटा सुत्केरी र अन्य बिरामी बोक्न प्रयोग गर्नेछौं। २ वटा कोरोनाको आशंका गरिएकाहरूलाई बोक्ने तयारी छ। भारतबाट नाका पार गरेर भित्रनेहरूबाट हामी भयभित छौं। नगररपालिकामा विदेशबाट भित्रिएका ८६१ मध्ये ८ सय ५४ जना भारतबाट आएका छन्। अहिले भारतबाट आएकामा पनि कोरोना देखिएको अवस्था छ। हामीले नगरपालिकामा रहेका १०३ महिला स्वयमसंवेकीलाई जनचेतना फैलाउन प्रयोग गरेका छौं। नौ वटै वडामा विपद् व्यवस्थापन प्रतिकार्य समिति बनाएका छौं। यस्ता समितिमा २ सय ४१ जना हुनुहुन्छ। उहाँहरूले वडाअनुसार क्वारेन्टिनमा बस्नेहरूको स्थिति अवलोकन गर्नुहुन्छ। सबै वडा अध्यक्षसहित मेरो सम्पर्क नम्बर नगरपालिकाको फेसबुकमा राखेको छु। क्वारेन्टिनमा नरहे पनि कोरोनाका लक्षण देखिए सेती अञ्चल अस्पताल पुर्‍याएर स्वाब टेस्ट गराउने तयारी गरिरहेका छौँ। स्थानीय स्तरमा ज्यालादारी मजदुरका लागि राहत उपलब्ध गराउने तयारी गरिरहेका छौं। तथ्याङ्क संकलन भैरहेको छ। ४ जनाको परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ प्याकेट नुन दिने तयारी छ। ५ जना र त्योभन्दा बढी रहेको परिवारलाई ३० केजी चामल, ३ केजी दाल, १ लिटर तेल र १ किलो नुन दिने तयारी गरेका छौं। दैनिक उपभोग्य वस्तुको आपूर्तिका लागि १ करोडको विपद् व्यवस्थापन कोष बनाएका छौं। स्वास्थ्यकर्मीका लागि आवश्यक पिपिई जुटाएका छौं। फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधि मिलेर काम गरिरहेका छौं। मदनसेन बडायक, लालझाडी गाउँपालिका, कञ्चनपुर हाम्रो गाउँपालिकामा अहिले विदेशबाट आएका १३ जना क्वारेन्टिनमा हुनुहुन्छ। भारतबाट आएका कतिपय घरमा क्वारेन्टिनमा बसेका समेत गरेर १३४ जना हुनुहुन्छ। हामीले सबैको अनिवार्य स्वाब टेष्ट गर्ने निर्णय गरेका छौं। गाँउपालिकामा ३ वटा स्वास्थ्य संस्था छन्। जसमा दुई वटा सामुदायिक स्वास्थ्य संस्था छन्। १२ जना स्वास्थ्यकर्मीलाई हामीले पिपिई उपलब्ध गराएका छौं। एम्बुलेन्स एउटामात्र छ। नजिकै धनगढीमा सेती अञ्चल अस्पताल छ। त्यहाँ पुग्न ४५ मिनेट लाग्छ। हामीले गाउँपालिकामा एउटा वडाबाट अर्को वडामा जान कडाइ गरिरहेका छौं। विदेशबाट आएका मानिसहरूको नजिक नजाऊ भनेर घरपरिवारका मान्छेहरूलाई भनिरहेका छौं। हामीले एम्बुलेन्स चालकलाई पनि पिपिई दिएका छौं। सुरक्षाकर्मी र जनप्रतिनिधिलाई मास्क दिएका छौं।

के पत्ता लागेको हो कोरोना भाइरसको औषधि ? १५ लाख डोज ‘फ्री’मा दिदै कम्पनी

चीनको वुहानबाट सुरुभएको कोरोना भाइरस विश्वका २०९ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म विश्वमा ७७ हजार ३१६ जनाको मृत्यु भएको छ भने १३ लाख ७४ हजार मानिस संक्रमित भएका छन्। विश्व कोरोनाबाट त्रसित रहेका बेला वैज्ञानिक भने त्यस विरुद्धको औषधि पत्ता लगाउनमा व्यस्त देखिएका छन्।

जुन ‘ड्रग’बाट इबोलाको उपचारमा सहयोग मिलेको थियो, त्यसलाई अब कोरोना भाइरसबाट संक्रमित व्यक्तिमाथि क्लिनिकल परीक्षण सुरु गरिदैछ। यस ड्रगको नाम remdesivir हो । यसलाई अमेरिकाको क्यालिफोर्निया कम्पनी गिलिड साइन्सेजले तयार पारेको हो। उक्त कम्पनीले १५ लाख डोज फ्रिमा दिने पनि बताएको छ। कम्पनीले परीक्षणमा सयौँ कोरोना भाइरसका संक्रमितलाई सहभागी गराउने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यस अघि यो ड्रगलाई इबोलाविरुद्ध लड्नका लागि बनाइएको थियो। कोरोना भाइरस जुन प्रोटिनको माध्यमबाट फैलिन्छ, त्यसलाई यो ड्रगले बन्द गराउन सहयोग गर्ने बताइएको छ। यो परीक्षण सफल भएमा तिब्र रुपमा फैलिएको संक्रमण रोक्न मिल्ने ठूलो अपेक्षा गरिएको छ। वास्तवमा अमेरिकाको नेशनल इन्टिट्युट अफ हेल्थले पनि remdesivir औषधिमाथि अध्ययन गरिरहेको छ। अध्ययनको सुरुवातबाटै ४४० संक्रमितमा यसको परीक्षण गरिने समाचारमा उल्लेख छ। तर गिलिड साइन्सेज कम्पनीले पनि आफ्नो तर्फबाट परीक्षणको सुरुवात गर्ने घोषणा गरेको छ। साथै उक्त कम्पनीले परीक्षणका लागि १५ लाख डोज फ्रिमा दिने घोषणा पनि बताएको छ। वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पदबहाली गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गरेका हुन्। नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायतका उच्चपदस्थ कर्मचारी बैंक परिसरमा उपस्थिति थियो।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो। ०७३ मा डेपुटी गभर्नरबाट अवकाश भएका अधिकारी पछिल्लो चार वर्षदेखि बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। ‘गोरखा भूकम्प’को समयमा समस्यामा परेको मुलुकको आर्थिक तथा बैंकिङ क्षेत्रमा तत्कालीन गभर्नर चिरञ्जीवी नेपालसँग करिब आठ महिना डेपुटी गभर्नर भएर काम गरेका अधिकारीले संसारलाई नै समस्यामा पारेको कोरोना भाइरसबाट नेपालको वित्तीय क्षेत्रलाई जोगाउने जिम्मेवारी पाएका छन्। पदवाहाली लगत्तै उनले पहिलो नीतिगत निर्णय पनि सोही सेरोफेरोमा नै केन्द्रीत रहेको छ। कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न उनले कार्यदल नै गठन गरेका छन्।

कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन। ‘आज मात्रै पहिलो नीतिगत निर्णयको रुपमा कोरोनाको असर अध्ययन गर्न कार्यदल बनाउने तथा नियमित अनुगमन गर्ने निर्णय भएको छ’, उनले पदबहालीपछि भने, ‘त्यसले समग्र अर्थतन्त्रको अवस्थामा कस्तो प्रभाव पर्छ भनेर अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयनका लागि सुझाउनेछ।’ यसअघि नै राष्ट्र बैंकले केही राहतका कार्यक्रम ल्याइसकेको छ। त्यसलाई निरन्तरता दिँदै समग्र क्षेत्रमा असर कस्तो पर्छ भन्नेतर्फ विशेष चासोका साथ काम गरिने उनको भनाइ छ। निजी क्षेत्रसँग असाध्यै नजिक रहेर काम गरेर आएको जानकारी दिँदै उनले आफू निजी क्षेत्र मैत्री भएर नै काम गर्ने प्रतिबद्धता जनाए। केन्द्रीय बैंकले यसअघि अगाडि बढाएका राम्रा नीति तथा कार्यक्रमलाई अगाडि बढाउने उनको थप प्रष्टोक्ति थियो। कोरोनाका कारण अहिले सबै क्षेत्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले विगतमा अर्थतन्त्रको एउटा क्षेत्रमा समस्या आउँदा अर्को क्षेत्रले सहयोग गर्ने स्थिती रहेपनि हाल त्यस्तो नभएकाले सोची विचारी नै अगाडि बढ्नुपर्नेमा जोड दिए। रासस/रमेश लम्साल

भर्खरै हालीएकाे

को’रोना सं’क्रमणकाे कारण काठमाडौंमा नै एक युवाको मृ’त्यु

ललितपुर, २६ असार । कोरोना संक्रमण भएर उपचाररत एक युवाको पाटन अस्पतालमा मृत्यु भएको छ । काठमाडौं शंखमुलका ३० वर्षीय ती युवा कोरोना संक्रमण...

तीन ऐसी से-क्स पोजीशन जिसे महिलाएं करती है पसंद

वैसे तो इस बात को हर कोई जनता है कि से-क्स का असली मज़ा तब आता है जब दोनों को पूर्ण रूप से संतुष्टि...

पहिरोमा पुरिएर सात जनाको मृत्यु

पोखरा : भारी वर्षापछि आएको पहिरोका कारण पोखरामा सात जनाको मृत्यु भएको छ। पोखरा १८ सराङ्कोटमा ५ र अरु २ ठाउँमा १/१ जनाको मृत्यु...

नेपालमा विदेशी च्यानलको प्रशारण बन्द गर्ने निर्णय

काठमाडौं : विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्याल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा...

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ। मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य...

को’रोना भा’इरसविरुद्धको ‘खोपको दाेश्राे परीक्षण सफल अब यसरि चाँदै अाउने ।

काठमाडौं । चीनको सिनोभाक बायोटेकले कोरोना भाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा शुरु गर्ने भएको छ योसँगै सिनोभाक बायोटेक खोप निर्माणको तेस्रो चरणमा...

राष्ट्रपतिलाइ को’रोना सं’क्रमण

राष्ट्रपति जैर बोल्सनारो कोरोना भाइरसको शिकार भएका छन्। जैयर बोलसनोरोल ब्राजिलियन टिभी अन्तर्वार्ताका क्रममा उनले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन । ब्राजिलको...

काेराेना अाफै कमजाेर हुदै गएकाे यस्ताे बलियो प्रमाण फेला पर्याे

विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ। युरोपबाट अमेरिका प्रवेश गरेको यो नयाँ कोरोना भाइरस...