Sunday, July 12, 2020
Home Blog Page 2

पहिरोमा पुरिएर सात जनाको मृत्यु

पोखरा : भारी वर्षापछि आएको पहिरोका कारण पोखरामा सात जनाको मृत्यु भएको छ। पोखरा १८ सराङ्कोटमा ५ र अरु २ ठाउँमा १/१ जनाको मृत्यु भएको हो। सराङ्कोटको गोठादीमा शुक्रबार बिहान (राति) ३ बजेतिर टंकबहादुर थापाको घर पहिरोले पुरेको थियो। टंकबहादुर, उनकी श्रीमती र अरु आफन्त पहिरोमा परेका हुन्। उनकी छोरी २२ वर्षीया पिंकी, उनकी ५ वर्षीया छोरी पिरिसा र १८ वर्षीया आशा घाइते भएका छन्। पोखरा २५ हेम्जा र पोखरा २६ मा अरु १/१ जना पहिरोमा परेर ज्यान गुमाएका छन्। पोखरामा पहिरोमा परेर घाइते भएका १० जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ। मृत्यु भएकाहरुको शव संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

‘भागेर जाने ठाउँ छैन’ सुर्खेत : २०७१ साउन २९ गते राती आएको बाढीले पञ्चपुरी नगरपालिका-५ तिखाकुनाका १३ जनाको ज्यान लियो। भेरी नदी उर्लिएर गाउँ भित्रै छिरेपछि ९६ घर परिवार विस्थापित भए। एक सय १४ घर धुरीको चार सय एक रोपनी खेती योग्य जमिन बगरमा परिणत भयो तर बाढी पीडतले भने अहिलेसम्म राहत पाएका छैनन्। विगत ५ वर्ष यता नजिकैको पाल बजारमा अस्थायी टहरा बनाएर बसिरहेका बाढी पीडित राहतको पर्खाइका छन्। कतिपय पीडितको भने राहत लिस्टमै नाम अटाएको छैन। ‘आफ्नो जग्गा नभएपछि माइतीले दिएको जग्गामा घर बनाएका थियौं। बाढीले त्यही घर, जग्गा पनि बगाइदियो’ पीडित खगीसरा शाहीले भनिन्, ‘राहत लिस्टमा हाम्रो नामै छुटाइ दिए। अहिले त्यही बाढीले बगाएको जग्गामा टहरा हालेर बसेका छौं।’ उनको परिवारमा चार जना सदस्य छन्। दैनिक ज्याला मजदुरी नगरी चुलो बल्दैन। उनी जस्तै राहत लिस्टमा गणेश चौलागाईं, पदम विक, भक्ति ढकाललगायत केही व्यक्तिको नाम अँटाउन नसकेको हो। उनीहरु अहिले पनि बाढीले बगाएको जग्गामा टहरा हालेर बसेका छन्। ‘पानी पर्दा रातभर निन्द्रा लाग्दैन। भागेर जाने कुनै ठाउँ पनि छैन’ गणेश चौलागाइले भने, ‘बाढीले नत आफन्त रहे। नत घरजग्गा नै। अहिलेसम्म राहत पनि पाएका छैनौं।’ पञ्चपुरी नगरपालिका ५ तिखाकुनास्थित बाढी पीडितका अस्थायी टहरा। तस्बिर : नन्दराम जैशी। पीडित खगेन्द्र विक अहिले त्यो घटना सम्झिँदा भक्कानिन्छन्। ‘बाढीले घरजग्गा सँगै आमा, बाबा र दुई छोरालाई खाइदियो’ उनले भने, ‘तर हाम्रो पुनर्वास र खेतीका लागि सरकारले जग्गा दिएको छैन।’ बाढीका कारण बाबा र आफन्त गुमाएका गणेश शाहीले आफूहरु राज्यको नजरमा नपर्दा फेरि बाढीको शिकार हुनुपर्ने अवस्था आउन सक्ने बताए। पीडित तथा अगुवा डम्बरबहादुर शाहीका अनुसार राहतका लागि पहल भइरहेको छ। ‘सरकारले राहत वितरणमा निकै ढिलाइ गरेको छ। अहिलेसम्म १२÷१३ जनाले मात्रै दुई÷दुई लाख पाएका छन्’ उनले भने, ‘बाँकीले कहिले राहत पाउने भन्ने कुनै टुंगो छैन। पीडितलाइ छाक टार्नै समस्या भइसक्यो।’ २०७१ साउन २८ र २९ गते आएको बाढीले सुर्खेतका विभिन्न ठाउँमा ठुलो जनधनको क्षती गरेको हो। दुई दिनमा एक सय ३४ जना मानिसको मृत्यु र अरबौं धन सम्पत्तिको क्षति हुने गरी आएको बाढीका कारण हजारौं घर परिवार विस्थापित छन्। खुला आकाश मुनिको त्रिपालमा रात काटिरहेका बाढी पीडितले सरकारले न्याय दिने आशा मारिसकेका छन्। कर्णालीमा वर्षेनी बाढी पहिरोले जनधनको क्षति हुने क्रम रोकिएको छैन। अव्यवस्थित बसोवास र विकास गतिविधिले धेरै स्थानमा बाढी पहिरो जाँदा हजारौंले ज्यान गुमाउनु परेको हो।

यस वर्ष पनि वर्षा सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ तर स्थानीयदेखि प्रदेश सरकारसँग पूर्वतयारीका कार्यक्रम छैनन्। पञ्चपुरी नगरप्रमुख उपेन्द्रबहादुर थापा मगर भ्याएसम्म काम गरेको दावी गर्छन्। पीडितलाइ राहतका लागि प्रदेश र संघकै मुख ताग्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले भने ‘प्रदेश विपद् व्यवस्थापन समितिको पहलमा सबै निकायसँग समन्वय गरी काम थालेका छौं। जिल्ला र स्थानीय तहसँगको सहकार्यमा पीडितलाई राहत, उद्धारदेखि बाढी पहिरोले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणका काम जारी छन्।’

नेपालमा विदेशी च्यानलको प्रशारण बन्द गर्ने निर्णय

काठमाडौं : विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्याल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा अतिरञ्जित र अनर्गल प्रचार गरेको भन्दै विदेशी च्यालन बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्याक्ष ध्रुव शर्माले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । शर्माले विदेशी न्युज च्यानल चाहेको समयमा बन्द गर्न सक्ने सन्देश दिन यो निर्णय गरेको बताए ।

उनले यसरी च्यालन बन्द गर्दा २५–३० लाख दर्शकले टेलिभिजन नदेख्ने तर डिजिटल एपको विषयमा सरकारले नै निर्णय गर्नुपर्ने उल्लेख गरे । ‘यो काम हामीले सरकारको निर्देशनमा गरेका होइनौँ । हामी नेपालमा भएका अपरेटर लाइसेन्स लिएर काम गरेका छौँ । यो चाहेको अवस्थामा बन्द हुन सक्छ भन्ने सन्देश पनि हो’, उपाध्यक्ष शर्माले भने, ‘हामीले २५–३० लाख टेलिभिजनका दर्शकले हेर्ने च्यानल बन्द गर्न सक्यौँ । अब करोडौंको हातमा मोबाइल एपबाट आएका गलत सूचना रोक्ने जिम्मा सरकारको हो।’ ‘भारतीय मिडिया प्रधानमन्त्री ओलीको नोटिसमा छन्’ २६ फागुन, काठमाडौं । नेपालले आफ्नो अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेसँगै भारतीय मिडियाले नेपालबारे लगातार अनर्गल प्रचारवाजी गर्दै आएका छन् । नेपालको बेइज्यत गर्ने सामग्री प्रसारण भएको भन्दै नेपालमा भारतीय न्युज च्यानलमाथि प्रतिबन्ध लगाइनुपर्ने आवाज उठेपछि सरकार दबावमा परेको छ । भारतीय मिडियामा आइरहेका नेपालविरोधी सामग्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नोटिसमा लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरलाई बताए । थापाले भने, ‘जीटीभीलगायत भारतीय न्युज च्यानलमा आएका विषयवस्तुलाई प्रधानमन्त्रीज्यूले पनि आफ्नो नोटिसमा राख्नुभएको छ । सिरियस कुरालाई सिरियसली लिने हो ।’ भारतको एउटा टीभी च्यानलले नेपालका प्रधानमन्त्री र चिनियाँ राजदूतलाई जोडेर आपत्तिजनक रिपोर्ट प्रशारण गर्‍यो । कपोलकल्पित कथा बुनेर चरित्र हत्या गर्ने गरी बनाइएको रिपोर्टलाई लिएर सामाजिक सञ्जालमा नेपालीहरुले तीब्र विरोध गरिरहेका छन् नेपाल सरकारले तुरुन्तै जीटीभी र अन्य भारतीय मिडियाहरुमाथि कूटनीतिक तवरबाट कारबाही गर्नुपर्ने पत्रकारिताका अगुवा तथा जिम्मेवार निकायका व्यक्तिहरुले बताएका छन् । साथै, नेपालमा भारतीय न्युज च्यानलहरुलाई रोक लगाइनुपर्ने विज्ञ एवं सरोकारवालाहरुको साझा मत छ ।

भर्खरै हालीएकाे

को’रोना सं’क्रमणकाे कारण काठमाडौंमा नै एक युवाको मृ’त्यु

ललितपुर, २६ असार । कोरोना संक्रमण भएर उपचाररत एक युवाको पाटन अस्पतालमा मृत्यु भएको छ । काठमाडौं शंखमुलका ३० वर्षीय ती युवा कोरोना संक्रमण...

तीन ऐसी से-क्स पोजीशन जिसे महिलाएं करती है पसंद

वैसे तो इस बात को हर कोई जनता है कि से-क्स का असली मज़ा तब आता है जब दोनों को पूर्ण रूप से संतुष्टि...

पहिरोमा पुरिएर सात जनाको मृत्यु

पोखरा : भारी वर्षापछि आएको पहिरोका कारण पोखरामा सात जनाको मृत्यु भएको छ। पोखरा १८ सराङ्कोटमा ५ र अरु २ ठाउँमा १/१ जनाको मृत्यु...

नेपालमा विदेशी च्यानलको प्रशारण बन्द गर्ने निर्णय

काठमाडौं : विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्याल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा...

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ। मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य...

को’रोना भा’इरसविरुद्धको ‘खोपको दाेश्राे परीक्षण सफल अब यसरि चाँदै अाउने ।

काठमाडौं । चीनको सिनोभाक बायोटेकले कोरोना भाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा शुरु गर्ने भएको छ योसँगै सिनोभाक बायोटेक खोप निर्माणको तेस्रो चरणमा...

राष्ट्रपतिलाइ को’रोना सं’क्रमण

राष्ट्रपति जैर बोल्सनारो कोरोना भाइरसको शिकार भएका छन्। जैयर बोलसनोरोल ब्राजिलियन टिभी अन्तर्वार्ताका क्रममा उनले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन । ब्राजिलको...

काेराेना अाफै कमजाेर हुदै गएकाे यस्ताे बलियो प्रमाण फेला पर्याे

विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ। युरोपबाट अमेरिका प्रवेश गरेको यो नयाँ कोरोना भाइरस...