को’रोना भा’इरसको ‘भ्याक्सीन’काे मूल्य तोकियो

काठमाडौं । कोरोना भाइरसको औषधिलाई लिएर कम्पनीहरु नाफा कमाउन चाहन्छन् । गिलिड साइन्सेजलाई नै लिएर हेर्ने हो भने पनि उसले अहिले कोरोना भाइरसविरुद्धको भ्याक्सीनको मूल्य तोकिसकेको छ । कम्पनीले अमेरिकी सरकारल र अन्य अन्य विकसित देशहरुसँग कोरोना भाइरस ड्रग रेमडेसिभिरको एक शिशीका लागि ३९० डलरको मूल्य तोकेको छ । यो हिसाबले पाँच दिनको कोर्सको मूल्य २ हजार ३४० डलर रुपैयाँ हुन्छ ।

गिलिडले यस बारेमा सोमवार एक बयान जारी गर्दै उसले विकसित देशहरुका लागि वन प्राइज मोडल बनाउन चाहेको बताएको छ । गिलिडका मुख्य कार्यकारी अधिकारी डेनियल ओ डेले एक साक्षत्कारमा भने, ‘म संक्रमितहरुसम्म यो औषधि पुग्नमा कुनै कमी नआउन अनुरोध गर्दर्छु,यसको मूल्यले नै संसारमा रहेका सबै संक्रमितमा यो औषधि पुग्छ कि पुग्दैन भन्ने कुरा निर्धारण गर्दछ ।” ३९० डलर प्रतिशिशीको मूल्य सबै सरकारी ईकाइको लागि हुने उनले बताएका छन् । उनले भने, ‘जब सप्लाईको दबाब कम हुन्छ, तब यस भ्याक्सीनको बिक्री सामान्य डिस्ट्रीब्युशन च्यानलको माध्यमबाट गरिनेछ ।’ अन्य प्राईभेट इन्स्योरेन्स कम्पनी वा निजी कम्पनीका लागि भने यसको मूल्य प्रतिशिशी ५२० डलर हुने उनले बताएका छन् । यस अनुसार पाँच दिनको कोर्समा यसको मूल्य ३ हजार १२० डलर हुनेछ । छिटै रिकोभरी गर्नका लागि सहयोग गर्दछ रेमडेसिभिरले कोरोना भाइरसको उपचारका लागि रेमडेसिभिरको प्रयोग शुरु भएको छ । अमेरिका यसको उपयोग गम्भीर रुपमा रहेका संक्रमित माथि गरिरहेको छ । ठूलो स्तरको ट्रायल सम्पन्न भएपछि त्यसको नतिजाका अनुसार रेम्डेसिभिरले संक्रमितहरुलाई चाँडै निको बनाइरहेको कुरा पत्ता लागेको छ । यिनै नतिजाका अनुसार अमेरिकी ड्रग रेग्युलेटरले रेमडेसिभिरको प्रयोग गर्न अनुमति दिएको छ । त्यहि समयदेखि यसको डिमाण्ड धेरै आइरहेको बताइएको छ । यो बाहेक पनि अन्य केहि भ्याक्सीनहरुको ट्रायल चलिरहेको छ । एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here