अब पत्ता लाग्नेछ को’रोना भा’ईरसको स्रोत, डब्लूएचओले विश्वलाई दियो यस्तो डरलाग्दाे चेतावनी

काठमाडौं – अंग्रेजी वर्षको अन्तिम महिना डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस ‘कोभिड – १९’ मानव जातिको अस्तित्वको लागि एउटा खतरा बनेर उभिईरहेको छ । संक्रमण फैलन थालेको ६ महिना पुरा भईसक्दापनि यसबारेमा प्रमाणित औषधि र यस विरुद्धको भ्याक्सिन बन्न सकेको छैन । त्यतिमात्रै होईन चीनको वुहान सहरको एक सामुन्द्रिक बजारबाट सुरु भएको भनिएको यो भाईरसको स्रोत हालसम्म एकिन भईसकेको छैन ।

चिनियाँ वैज्ञानिकहरुले यसलाई चमेराबाट सरेको भनिरहेका छन् भने कतिपयले ‘यो मानवनिर्मित भाईरस हो’ भनिरहेका छन् । यसको विषयमा एकिन जान्न विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले एक टोली चीन पठाउन लागेको बताएको छ । कोरोना भाइरस कोभिड १९ को स्रोत पत्ता लगाउने विश्वाससहित यो टोली आगामी साता चीन जानेछ । यो टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । के हो डब्लुएचओको चेतावनी ? यसअघि विभिन्न राष्ट्रले जारी लकडाउन खुकुलो बनाएसँगै विश्व स्वास्थ्य संगठनले कोरोनाको जोखिम नघटेका कारण थप सर्तकता अपनाउन भनेको थियो । अझ नेपालको परिप्रेक्ष्यमा विश्व स्वास्थ्य संगठन डब्लुएचओले भनेको थियो, अझै खतरा छ, लकडाउन खोल्न हतार नगर्नुस् । तर गत असार १ गतेबाट लकडाउन परिमार्जन भएको छ । अत्यावश्यक सवारी पूर्ववत अवस्थामा र जोर विजोर प्रणालीमा नीजि सवारी साधन चलेका छन् । तर दैनिक ४०० सय हाराहारीमा संक्रमित थपिईरहेका छन् । जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेका अनुसार यस्तो देखिनुको कारण एउटै छ, परीक्षण पर्याप्त नहुनु । यसले अझ भयावह असर निम्त्याउन सक्छ । यसैबीच डब्ल्यूएचओले एउटा चिन्ता व्यक्त गर्दै चेतावनी दिएको छ । अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित भइरहेको समयमा महामारीको अझै खराब अवस्था आउन सक्ने डर रहेको विश्व स्वास्थ्य संगठनको भनाई छ । डब्ल्यूएचओले मेको शुरुवातदेखि नै चीनलाई आफ्ना विशेषज्ञहरु बोलाएर कोरोना भाइरसको स्रोत पत्ता लगाउन आग्रह गरेको थियो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसुसले एक भर्चुअल प्रेस कन्फ्रेन्समा भाइरसको बारेमा सबै कुरा आफूहरुलाई थाहा भएको भए निकै राम्रो तरिकाले यो महामारी नियन्त्रण गर्न सकिने बताएका छन् । कोभिड–१९ को राजनीतिकरणका कारण विश्व विभाजित भइरहेका बेला डब्लूएचओले भने कोरोना भाइरसको सबैभन्दा खराब समय आउन अझै बाँकी रहेको भन्दै सचेत रहन र धैर्यता कायम गर्न भनेको छ । आउँदो हप्ता चीन जाने टोलीले विश्वभर महामारी फैलाउने भाइरसको स्रोत कहाँ हो भन्ने पत्ता लगाउने कोशिस गर्नेछ । डब्लूएचओले चीनलाई आफ्नो विशेषज्ञ टोलीलाई आउने अनुमति दिन पटक पटक आग्रह गरिरहेका थियो । उक्त टोलीले जनावर स्रोतको पत्ता लगाउन सघाउने डब्लूएचओले जनाएको बिबिसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनाम गिब्रयेसासले भिडियो प्रेस कन्फ्रेन्समा भने, ‘जब हामीलाई भाइरसका बारेमा सबै कुरा थाहा हुन्छ, बल्ल त्योसँग राम्रोसँग लड्न सकिन्छ । यो कहाँबाट आएको भन्ने पत्ता लगाउनु जरुरी छ । हामी आउने हप्ता एक टोलीलाई चीन पठाउँदैछौं । यसबाट भाइरसका बारेमा बुझ्न मद्दत मिल्ने आशा छ ।’ वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन् । सबैखाले जनावरको मासु बिक्री गर्ने वुहानको एक बजारबाट यो मासिमा संक्रमण भएको हुनसक्ने अनुमान उनीहरुको छ । अझै पत्ता लगाउन बाँकी रहेको कुरामा यो भाइरस कहाँबाट आयो भन्ने विषय पनि रहेको उनको भनाइ छ । अहिले चीन पठाउन लागिएको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी हासिल गर्ने डब्ल्यूएचओका प्रमुखको विश्वास छ । यद्यपि यो टोलीमा को को सामेल हुनेछन् भन्ने विषयमा भने केही जानकारी दिइएको छैन । वैज्ञानिकहरुले कोरोना भाइरस जनावरबाट मानिसमा आएको बताउँदै आएका छन् । तर, अहिलेसम्म यो भाइरस मानिसमा कसरी आयो भनेर पुष्टि भने हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here