फेरी थपिए को’रोना भा’इरसका ३ नयाँ लक्षण

काठमाडौं । सारा विश्वमा कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढीरहेको छ । यसैबीच कारोना भाइरसका नयाँ लक्षणले सारा विश्वलाई हैरान बनाएको छ । अहिले सम्म कोरोनाका लक्षणहरुमा खोकी लाग्नु, धेरै ज्वरो आउनु, थकान महशुस हुनु, शरीर दुख्नु जस्ता लक्षण थिए । तर अब अमेरिकाको मेडिकल संस्था सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रीभेन्सनले ३ नयाँ कोरोनाका लक्षण बताएको छ । मनसुन भईरहँदा यी लक्षणले झनै समस्या उत्पन्न गराईदिएको छ । अमेरिकाको मेडिकल संस्था (सिडीसी) का अनुसार पुरोनो कोरोना लक्षण बाहेक नाकबाट सिँगान बग्नु, बोल्न गाह्रो हुनु र डाइरिया हुनु पनि कोरोनाका लक्षण हुन सक्छन् ।

पहिला नाकबाट सिँगान झर्नुलाई कोरोनाको लक्षण नमानिएको सीडिसीले बताएको छ । हालै मात्र भएको अनुसन्धानमा उक्त तीन लक्षणहरुको बारेमा जानकारी मिलेको सीडिसीले बताएको छ । यसैबीच कोरोना भाइरसको महामारीबाट विश्वमा अपहिलेसम्म ५ लाख ४ हजार ७४४ जनाको मृत्यु भईसकेको छ भने १ करोड दुई लाख ६५ हजार २०७ जनालाई संक्रमण भएको छ । त्यस्तै ५५ लाख ६६ हजार ६१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ हजार ३४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । एजेन्सीको सहयोगमा पाटनमै बिलायो ‘हिमाली हीरा’, करोडौं राजस्व गुम्यो सुर्खेत/जाजरकोट/डोल्पा/मुगु : कर्णालीका बासिन्दा विगत वर्ष दुई महिनासम्म पाटनमै बसेर यार्सागुम्बा संकलन गर्थे। उनीहरूका घरमा ताल्चा लागेको हुन्थ्यो। शिक्षक र विद्यार्थीसमेत स्कुल बन्द गरेर पाटनमै हुन्थे। यसपटक भने असार तेस्रो साता लाग्दा पनि स्थानीय प्रशासनले यार्सा संकलन गर्न इजाजत दिएको छैन। यो जडीबुटी वैशाख तेस्रो सातादेखि असार तेस्रो सातासम्म पाइन्छ। विगतमा यार्सा बेचेर घरखर्च चलाउने स्थानीय यसपटक कसरी छाक टार्ने भन्ने चिन्तामा छन्। ‘यार्सा संकलन गरेरै घरखर्च टार्ने गरेको थिएँ’, जाजरकोटको बारेकोट गाउँपालिका– ३ का मुनबहादुर नेपालीले भने, ‘घरमा अरू खेती छैन, अब कसरी जहान केटाकेटी पालौं ? ’ डोल्पा, मुगु, जाजरकोट, जुम्ला, हुम्ला र रुकुमका बासिन्दाले बर्सेनि यार्सा संकलन गरी मनग्ये आम्दानी गर्छन्। हिमाली हीरासमेत भनिने बहुमूल्य जडीबुटी यार्सा संकलन गर्न कोरोनाका कारण रोक लगाइएपछि पाटनमै खेर गएको छ। महँगोमा बिक्री हुने र जमिनबाट निकालिने भएकाले स्थानीयले यसलाई हिमाली हीरा भन्ने गरेका हुन्। खासगरी यार्सा पाइने जिल्लामा कोरोना जोखिम कम छ। त्यही भएर स्थानीयको रोजीरोटी नै गुम्ने अवस्था आएपछि प्रदेश सरकारले यार्सा संकलन खुला गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसहित जेठ २५ गते यार्सा संकलन खुला गर्न संघीय सरकारलाई सिफारिस पठाइयो। तर, संघले अनुमति नदिएपछि करोडौं राजस्व गुमेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here