चीनमा फेरि भेटियो डरलाग्दाे नयाँ भा’इरस, महामारीको यस्ताे रुप लिन सक्ने

एजेन्सी / चीनमा नयाँ प्रकारको भाइरस भेटिएको र त्यसले महामारीको रुप लिन सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । फेला परेको नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरिएमा त्यसले पनि महामारीको रुप लिन सक्ने वैज्ञानिकको भनाई छ । यो भाइरस हालै उत्पति भएको र अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको वैज्ञानिकहरुले बताएका छन् । प्रारम्भीक जानकारी अनुसार सो भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ ।

सो भाइरस थप परिवर्तन हुन सक्ने र त्यसपछि मानिसमा सहज रुपमा सर्न सक्ने तर्फ वैज्ञानिकको चासो र चिन्ता रहेको छ । अहिले प्राप्त जानकारी अनुसार सो भाइरस व्यक्तिमा सरेमा उबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ । तत्कालका लागि यो समस्याको विषय भने होइन । तर पनि भाइरसलाई नजिकबाट नियाल्नु पर्नेमा वैज्ञानिकको जोड छ । भाइरस नयाँ हुँदा मानिसमा त्यससँग लड्ने क्षमताको विकास भएको हुँदैन, सोही कारण धेरैमा फैलिने र जोखिम हुने गर्छ । सुँगुरमा देखिएको नयाँ भाइरस सम्बन्धी प्रारम्भीक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ । नयाँ इन्फ्लुएन्जा भाइरसमा अहिले कोरोना भाइरसको जस्तै महामारीको रुप लिन सक्ने क्षमता देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । पाटनमै बिलायो ‘हिमाली हीरा’, करोडौं राजस्व गुम्यो सुर्खेत/जाजरकोट/डोल्पा/मुगु : कर्णालीका बासिन्दा विगत वर्ष दुई महिनासम्म पाटनमै बसेर यार्सागुम्बा संकलन गर्थे। उनीहरूका घरमा ताल्चा लागेको हुन्थ्यो। शिक्षक र विद्यार्थीसमेत स्कुल बन्द गरेर पाटनमै हुन्थे। यसपटक भने असार तेस्रो साता लाग्दा पनि स्थानीय प्रशासनले यार्सा संकलन गर्न इजाजत दिएको छैन। यो जडीबुटी वैशाख तेस्रो सातादेखि असार तेस्रो सातासम्म पाइन्छ। विगतमा यार्सा बेचेर घरखर्च चलाउने स्थानीय यसपटक कसरी छाक टार्ने भन्ने चिन्तामा छन्। ‘यार्सा संकलन गरेरै घरखर्च टार्ने गरेको थिएँ’, जाजरकोटको बारेकोट गाउँपालिका– ३ का मुनबहादुर नेपालीले भने, ‘घरमा अरू खेती छैन, अब कसरी जहान केटाकेटी पालौं ? ’ डोल्पा, मुगु, जाजरकोट, जुम्ला, हुम्ला र रुकुमका बासिन्दाले बर्सेनि यार्सा संकलन गरी मनग्ये आम्दानी गर्छन्। हिमाली हीरासमेत भनिने बहुमूल्य जडीबुटी यार्सा संकलन गर्न कोरोनाका कारण रोक लगाइएपछि पाटनमै खेर गएको छ। महँगोमा बिक्री हुने र जमिनबाट निकालिने भएकाले स्थानीयले यसलाई हिमाली हीरा भन्ने गरेका हुन्। खासगरी यार्सा पाइने जिल्लामा कोरोना जोखिम कम छ। त्यही भएर स्थानीयको रोजीरोटी नै गुम्ने अवस्था आएपछि प्रदेश सरकारले यार्सा संकलन खुला गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसहित जेठ २५ गते यार्सा संकलन खुला गर्न संघीय सरकारलाई सिफारिस पठाइयो। तर, संघले अनुमति नदिएपछि करोडौं राजस्व गुमेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here